डडेल्धुरा: डडेल्धुरामा घरमै बसेर अध्ययन गरिरहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिकाका ३० बालबालिकालाई आइतबार झोलासहित शैक्षिक सामग्री दिइएको हो।
उनीहरुलाई प्रति विद्यार्थी एउटा झोला, ५० थान कपी, २० वटा डटपेन, सिसाकलम, साइनपेन र एउटा औजार बक्सका दरले शैक्षिक सामग्री दिइएको छ। एफसिआइको आर्थिक सहयोगमा एकिकृत विकास समाज(आईडिइएस)द्धारा सञ्चालित सामाजिक तथा आर्थिक शसक्तिकरण कार्यक्रम अन्तरगत बालबालिकालाई शैक्षिक सामग्री दिएको हो।
बालबालिकालाई सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष नबल मल्लले अभिभावकले बालवालिकाको पढाईमा ध्यान दिनुपर्ने बताएका छन्। यस्तै आइडिइएसकी अध्यक्ष कमला विष्टले निःशुल्कमा पाएका उक्त सामग्रीको जतन गर्दैं आफुपनि पढ्ने र घरमा भाई बहिनीहरुलाई पनि पढाउनुपर्ने बताइन।
साथै उनले विद्यालय बन्द रहेको समयमा घरमै अध्ययन गरिरहेका बालबालिकालाई सहजताका लागि शैक्षिक सामग्री दिइएको बताइन।