समतामुलक समाजको निर्माण गर्ने परिकल्पना सहित एकिकृत विकास समाज डडेल्धुराको स्थापना गरिएको हो । डडेल्धुरा मात्र नभएर सुदूरपश्चिम प्रदेशमा महिलाले नेतृत्व गरेको गैरसरकारी संस्थाको रुपमा पहिचान बनाएको एकिकृत विकास समाज डडेल्धुराको कार्यसमिति तथा कर्मचारी प्रमुखमा महिलाको नेतृत्व रहेको छ भने कर्मचारीहरुमा पनि अधिकांस महिलाहरु रहेको छ । जनजाती, गरिव, दलित, महिला तथा वालवालीका अर्थात (जगदमवा) एकिकृत विकास समाजको प्राथमिकता मा पर्ने लक्षित वर्ग हरु हुन ।
एकिकृत विकास समाज डडेल्धुरा जलवायू परिवर्तन तथा विवद जोखिम न्यूनिकरण, महिला सशक्तिकरण, जिविकोपार्जन, पैरवी, शिक्षा, कृषि तथा खाद्य सुरक्षा जस्ता क्षेत्रमा निकै लामो समय देखी काम गरिरहेको गैरसरकारी संस्था हो ।
हाम्रो संस्थाको यस वेवसाईट बाट यहाँ हरु लाई हाम्रो अनुभवहरु, हाम्रा सिकाईहरुको साथै सम्पन्न भएका र संञ्चालनमा रहेका परियोजनाहरुको बारेमा जानकारी दिन खोजिरहेका छौ । हाम्रो संस्था यहाँहरुको सहयोग, सहकार्य र सुझाव सल्लाह लाई सदैव स्विकार गर्न तत्पर रहेको छ ।

धन्यवाद

कमला विष्ट
अध्यक्ष